मेयरले आफ्नो एसईई परीक्षा दिन लगाएका इन्जिनियर ज्वाइँ पक्राउ
सांकेतिक तस्विर

रौतहटका एक नगरप्रमुखको ठाउँमा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुका ज्वाइँ गरुडा नगरपालिका–६ पोठियाही बस्ने ३० वर्षीय कमल साह रहेका छन् । 

मेयर कानुको सट्टामा एसईई परीक्षा दिंदै गरेका उनका ज्वाइँ साहलाई परीक्षा अनुगमन टोलीले चेक जाँचको क्रममा पक्राउ गरेको जिल्ला शिक्षा समन्वय ईकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंहले जानकारी दिए ।  

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा सञ्चालन भइरहेको एसईईमा आइतबार दोस्रो दिनको परीक्षामा नियमिततर्फ सिम्बोल नम्बर–३५०३७२८ का विद्यार्थी नगरप्रमुख प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमललाई अनुगमन टोलीले पक्राउ गरेको हो ।

ससुराको सट्टामा परीक्षा दिइरहेका पक्राउ परेका साह पेसाले इन्जिनियर रहेको बताइएको छ । परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई बिद्यार्थीप्रति शंका लागेर चेकजाँच गर्दा साह पक्राउ परेका थिए । पक्राउ परेको विषयमा अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार १५:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया