logo-img

आज पनि धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

सोमबार पनि देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । 

प्रि–मनसुन चलिरहेकाले पनि अझै केही दिन मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

‘प्रि–मनसुनमा अपरान्हपछि मेघ गर्जन/चट्याङसहित आइसोलेटेड रेन खण्ड–खण्ड वर्षा हुन्छ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘यो केही समय निरन्तर हुन्छ । तराई क्षेत्रमा भने मौसम सामान्यतः सफा नै रहन्छ ।’



महाशाखाका अनुसार नेपालमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार ७:६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया