बुटवल-तानसेन सडक आजदेखि दैनिक ९ घण्टा अवरुद्ध

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक आजदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम अघि बढेकाले आजदेखि दैनिक ९ घण्टा सडक बन्द हुने भएको हो ।  

आजदेखि हरेक दिन बिहान ११ देखि दिउँसो २ बजे तथा राति १० देखि बिहान ४ बजेसम्म सडक अवरुद्ध हुने आयोजनाले जनाएको छ । निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकैको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेको र माथि पहराबाट खुकुला ढुंगाहरू खस्ने हुँदा सडक सञ्चालनमा जोखिम हुने भएकाले सडक बन्द गर्नु परेको हो ।  

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको आयोजनाले जनाएको छ । सडकमा एम्बुलेन्सलगायत अत्यावश्यकीय सवारी साधन सञ्चालनमा भने अवरोध नहुने जनाइएको छ । 

सुरुङ मार्गको पूर्व तयारीका लागि यसअघि फागुन १३ देखि २७ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द गरिएको थियो । सिद्धबाबादेखि पाल्पातर्फ १ हजार १२६ मिटर लामो दूरीको सुरुङमार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।  





  • प्रकाशित मिति : चैत २१, २०७९ मंगलबार ८:२३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया