logo-img

ट्रम्प आज अदालतमा उपस्थित हुँदै

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा बयान दिन न्युयोर्क पुगेका छन् । म्यानहटन जिल्ला न्यायाधिवक्ताको कार्यालयमा उपस्थित हुन ट्रम्प आफ्नो निजी जेट विमान चढेर फ्लोरिडाबाट न्युयोर्क पुगेका हुन् ।   

ट्रम्प अदालतमा उपस्थित हुने भएपछि अमेरिकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । उनीसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौँ डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।

ट्रम्पले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।  







  • प्रकाशित मिति : चैत २१, २०७९ मंगलबार ९:३६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया