यस्ताे छ बिहीबारकाे संसद् बैठककाे सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक बिहीबार बस्दै छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

जसअनुसार पहिलो नम्बरमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने उल्लेख छ ।

दोस्रो नम्बरमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिका लागि सदस्यहरुको नाम मनोनयन गर्ने र तेस्रो नम्बरमा प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३औँ वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ । 





  • प्रकाशित मिति : चैत २२, २०७९ बुधबार १७:१३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया