logo-img

भोलिदेखि उपनिर्वाचनकाे आचारसंहिता लागू हुने, क–कसलाई लाग्छ आचारसंहिता ?

प्रतिनिधिसभा सदस्य उपनिनर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागू हुने भएको छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागू हुने भएकाे हाे । 

उनले विज्ञप्ति जारी गरेका छन्, ‘वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर देहायका व्यक्ति, निकाय तथा अधिकारीलाई संवत् २०७९ साल चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको छ ।’



क–कसलाई लाग्छ आचारसंहिता ?

(क)नेपाल सरकार र नेपाल सरकारका मन्त्री
(ख)प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री
(ग)संवैधानिक निकाय र सो निकायका पदाधिकारी
(घ)नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी
(ङ)स्थानीय कार्यपालिका र सोका सदस्य
(च)संघ, प्रदेश र स्थानीय तहका कर्मचारी
(छ)सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी
(ज)सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी
(झ)राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन
(ञ)उम्मेदवार तथा सम्बन्धित व्यक्ति
(ट)राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि
(ठ)सार्वजनिक पद धारण गरेको व्यक्ति
(ड)अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता
(ढ)पर्यवेक्षण संस्था तथा पर्यवेक्षक
(ण)सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी
(त)निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी
(थ)विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी
(द)मतदाता
(ध)विकास साझेदार संस्था
(न)सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका  कर्मचारी
(प)मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी
(फ)निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार
(ब)वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार




 



  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार १६:१८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया