कैलालीमा लघुवित्तको ज्यादतीविरुद्ध वचतकर्ता आन्दोलित

कैलालीमा लघुवित्त संस्थाको ज्यादतीविरुद्ध वचतकर्ता आन्दोलित भएका छन् । उनीहरू चार दिनदेखि लघुवित्त संस्थाविरुद्ध संघर्ष समिति नै बनाएर आन्दोलित भएका हुन् । 

वचकर्ता शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनसनसमेत बसेका छन् । लघुवित्त संस्था खारेज हुनुपर्ने, लघुवित्त संस्थाद्वारा लगाइएका सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, क्षमता र काममा आधारित रोजगारीको व्यवस्था गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने मागसहित प्रशासन कार्यालय अगाडि अनसन बसेको लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति कैलालीका अध्यक्ष सुनिल चौधरीले बताए ।

माग सुनुवाइ नभए आमरण अनसन बस्ने उनको भनाइ छ । अध्यक्ष चौधरीले लघुवित्त संस्थाले महिलाबाट असुलेको पैसाको हिसाबकिताब गर्न पनि माग गरे । ‘जबसम्म देशभरका ५८ लाख लघुवित्त संस्थामा आबद्ध बचतकर्ताको मागको सुनुवाइ हुँदैन, तबसम्म कडा आन्दोलन र अनसनमा जान्छौँ,’ उनले भने । 

दिर्घराज अधिकारीले लघुवित्त संस्था ग्रामीण क्षेत्रमा गएर महिलाको आर्थिक आयआर्जनभन्दा अनावश्यक दुःख दिने र आत्महत्या गराउनेतिर उन्मुख बनाइरहेको गुनासो गरे । नियमअनुसार लघुवित्त संस्था चल्नुपर्ने भएपनि बचत रकम असुल गर्न अनावश्यक दबाब दिएर घरवारविहीन जस्तै बनाइदिएको उनले बताए ।

सहकारीमा आबद्ध धनगढी–१९ की दुर्गा देवी सिंहले सहकारी संस्थाबाट वचत गर्न भन्दै विभिन्न धम्की आइरहेको बताइन् । समयमै वचत रकम जम्मा नगरे घरमा तालाबन्दी गर्ने, घरका सामग्री र घरपालुवा जनावर लैजाने भन्दै धम्की दिरहेको बताइन् । 



‘अहिलेको अवस्थामा पैसा छैनभन्दा पनि लघुवित्त संस्थाका कर्मचारी मानिरहेका छैनन्, सुरुमा लघुवित्त संस्थाले विभिन्न प्रलोभन देखाएर आबद्ध गराए । अहिले आएर सोबमोजिम सेवा दिइरहेका छैनन्,’ सिंहले भनिन् । 

रिले अनसनमा कैलालीका विभिन्न लघुवित्त संस्थामा आवद्ध वचतकर्ता सहभागी छन् ।  



  • प्रकाशित मिति : चैत २४, २०७९ शुक्रबार १३:३१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया