लडाकु विमान चढेर भारतीय राष्ट्रपति मुर्मू असमको तीनदिने भ्रमणमा

भारतीय राष्ट्रपति द्रौपदी मुर्मू असमको तीनदिने राजकीय भ्रमणमा निस्केकी छन् । शनिबार लडाकु विमानमा उडान भर्दै उनी अप्रिल ८ सम्मका लागि भ्रमणमा गएकी हुन् ।  

विमानमा उडान भर्नुअघि राष्ट्रपतिलाई ‘गार्ड अफ अनर’ दिइएको थियो । मुर्मूले असम राज्यको तेजपुर हवाई अड्डाबाट सुखोई सु २० एमकेआई लडाकु विमानमा उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शुक्रबार राष्ट्रपति मुर्मू राज्यको राजधानी गुवाहाटीमा उच्च अदालत स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित समारोहमा सहभागी भएकी छन् । सो अवसरमा उनले महिला तथा वृद्धवृद्धाको सुरक्षाका लागि बनाइएको मोबाइल एप ‘भोरोक्सा’को शुभारम्भ गरेकी थिइन् ।

सो अदालतको सन् १९४८ मा स्थापना भएको हो । भ्रमणको दोस्रो दिन राष्ट्रपतिले आसामको काजिरंगा राष्ट्रिय निकुञ्जमा गज उत्सव २०२३ को उद्घाटन गरिन् ।





  • प्रकाशित मिति : चैत २५, २०७९ शनिबार १६:२५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया