कास्कीका चार पत्रकारिता पुरस्कारको निर्णय घोषणा

नेपाल पत्रकार महासंघ कास्की शाखामा स्थापित चार पुरस्कार तथा सम्मानको निर्णय सार्वजनिक गरिएको छ । 

महासंघको शुक्रबार बसेको बैठकले ‘पोखरा पत्रकारिता सम्मान–२०७७’ बाट पत्रकार नवीन सिग्देल र २०७८ को ‘टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको हो ।

‘पोखरा पत्रकारिताका सम्मान’को राशि ३५ हजार र पत्रकार गुरुङले प्राप्त गर्ने पुरस्कारको राशि २० हजार एक सय ११ रहेको छ । यस्तै, ‘जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार–२०७८’ पत्रकार गौरव त्रिपाठी र २०७९ पत्रकार दुर्गा रानालाई प्रदान गर्ने निर्णय भएको शाखाका अध्यक्ष विमला भण्डारीले जानकारी दिए । 

सो पुरस्कारको राशि ११ हजार एक सय ११ रहेको छ । महासंघले प्रदान गर्ने संस्थागततर्फको सम्मान पोखरास्थित ‘लक्ष्मी हाउस’लाई प्रदान गरिने भएको छ । पत्रकारिता क्षेत्र र महासंघको संस्थागत विकासमा पु¥याएको योगदानबापत पत्रकारलाई पुरस्कृत गर्न लागिएको महासंघले जनाएको छ ।

महासंघद्वारा गठित प्रतिभा छनोट समितिको सिफारिसका आधारमा पुरस्कार तथा सम्मानको निर्णय गरिएको शाखा अध्यक्ष भण्डारीले बताए । चैत २९ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यमा हुने समारोहमा पुरस्कार समर्पण गरिने जनाइएको छ । 





  • प्रकाशित मिति : चैत २५, २०७९ शनिबार १८:११:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया