logo-img

गठबन्धनको नीति तथा कार्यक्रममाथि भीम रावलको प्रश्न : के अब दलले एक्लै चुनाव लडेर बहुमत ल्याउन नहुने हो ?

नेकपा एमालेका नेता भीम रावलले सत्तारुढ गठबन्धनको सार्वजनिक नीति तथा कार्यक्रममाथि प्रश्न उठाएका छन् । 

शनिबार साँझ सामाजिक सञ्जालमार्फत रावलले सार्वजनिक नीति तथा कार्यक्रममाथि आठवटा प्रश्न गरेका हुन् ।

उनले नीति तथा कार्यक्रममा संविधानमा परिमार्जन गर्ने सन्दर्भमा के कुरा थप्न र संशोधन गर्न खोजिएको हो भनेर प्रश्न गरेका छन् । त्यस्तै, विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रक्रिया र विधि के हो भनेर पनि उनले प्रश्न गरेका छन् ।

गठबन्धनको संस्कृति विकास गर्ने भनिएकोप्रति उनले सोधेका छन्, ‘के अबदेखि दलले एक्लै चुनाव लडेर बहुमत ल्याउन नहुने हो ?’ साथै उनले धर्मको आधारमा हुने विभेद हटाउने भनिएकोप्रति उनले सोधेका छन्, ‘कुन धर्मलाई कसले गरेको कस्तो र के विभेद हटाउने भनिएको हो ?’





  • प्रकाशित मिति : चैत २५, २०७९ शनिबार १९:२९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया