विदेशबाट ल्याइने शवमाथि ठगी : थप दुई कर्मचारी पक्राउ

वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएकाको बीमा वापतको रकममा ठगी गरेको आरोपमा थप दुईजना सरकारी कर्मचारी पक्राउ परेका छन् ।

पक्राउपर्नेमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ घर भई वैदेशिक रोजगार बोर्डमा नासु पदमा कार्यरत कम्युटर अपरेटर ३६ वर्षीय पशुपति अधिकारी र भक्तपुरको चागुँनारायण नगरपालिका–४ बुढाथोकी गाउँ बस्ने सूर्यज्योति जीवन बीमा कम्पनीका जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी रहेका छन् । 
 
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले पक्राउ गरेको हो । यसअघि २३ चैतमा यही प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो ।

वैदेशिक रोजगारीमा गएकाले पाउने बीमावापतको रकममा उनीहरूले पीडितको परिवारलाई थोरै रकम दिएर बाँकी रकम आफूहरूले लिएर ठगी गर्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले जानकारी दिए ।  





  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार १८:६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया