logo-img

कैलालीमा विद्यार्थी चढेको जिप दुर्घटना : एक किशोरको मृत्यु, तीनजना घाइते

कैलालीमा जिप दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।  

प्रहरीका अनुसार भीमदत्त राजमार्गअन्तर्गत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र ०१००१ ज १४२३ को जिप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको हो ।   

दुर्घटनामा परेर गम्भीर घाइते भएका ठगुन्नालाई उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए । 

उनी अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय केन्द्रमा एसईई परीक्षा दिएर घर फर्किँदै थिए । जिपमा सवार चुरेकै १६ वर्षीय प्रकाश धामी, १७ वर्षीय हरिश धामी र १८ वर्षीया सरस्वती धामी पनि घाइते भएका छन् । 

उनीहरूको अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको छ । उनीहरू पनि एसईई दिएर घर फर्किरहेका थिए ।  





  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार ९:३०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया