logo-img

सुत्केरी र शिशु मृत्यु प्रकरण : मेसुसहित स्टाफनर्स प्रहरी नियन्त्रणमा, आफन्तले गरे प्रदर्शन

कैलालीको गोदावरी नगरपालिका–३ मा रहेको मालाखेती अस्पतालमा सुत्केरी महिला र नवजात शिशुको मृत्यु भएपछि दिनभर तनावपूर्ण रह्यो । आइतबार बिहान सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी गोदावरी नगरपालिका २ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराई र नवजात शिशुको मृत्यु भएको हो। 

अस्पतालको लापरबाहीका कारण सुत्केरी र शिशुको मृत्यु भएको भन्दै स्थानीयले दिनभर प्रदर्शन गरेका हुन्। मृतकका आफन्त र स्थानीयले केही समय महेन्द्र राजमार्ग अवरुद्ध गर्दै प्रदर्शनसमेत गरे । 

उनीहरुले अस्पतालको लापरबाहीले आमा र शिशुको मृत्यु भएको भन्दै चिकित्सक र घटनामा संलग्न स्वास्थ्यकर्मीलाई कारबाहीको माग गरेका छन्। मृतक महिलाको ६ वर्षीय बालकको लालनपालन गर्ने जिम्मा पनि अस्पतालले लिनुपर्ने भन्दै प्रदर्शन भइरहेको मृतकका आफन्त गोपालदत्त भट्टले बताए।



दिनभर समस्या समाधानको लागि छलफल भए पनि कुनै सहमति नहुँदा मृतकको शव उठाइएको छैन। समस्याको समाधानको लागि गोदावरीका नगरप्रमुख वीरेन्द्र भट्ट पनि अस्पताल पुगेका छन्। 

आफन्तले घटनामा संलग्न चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई हिरासतमा राखेर छानबिन हुनुपर्ने माग राखेपछि अस्पतालका मेसु अन्वेश कोइराला र स्टाफ नर्स यशोदा ढकाललाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा पुगाएको छ ।





  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार १९:२१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया