स्मार्ट टेलिकमलाई प्राधिकरणको निर्देशन : सेवा चुस्तदुरुस्त पार्नू

नेपाल दूरसञ्चार प्राधिकरणले सेवालाई चुस्तदुरुस्तरूपमा सञ्चालन गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको छ । ​स्मार्ट टेलिकमका सेवा देशका केही स्थानमा नचलेको विषयका सम्बन्धमा प्राधिकरणले सूचना जारी गरी उक्त निर्देशन दिएको हो ।

अत्यावस्यक सेवाका रूपमा रहेको दूरसञ्चार सेवाको अनुमति बहाल रहँदासम्म सेवाग्राहीले बिना कुनै अवरोध सेवा उपभोग गर्न पाउने गरी सेवा चुस्तदुरुस्तरूपमा सञ्चालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

सेवा अतिआवश्यकरूपमा वर्गीकरण गरिएकाले अनुमति बहाल रहँदासम्म नियम–कानुनको पालना गर्दै निरन्तर सञ्चालन गर्नुपर्ने दायित्व रहने प्राधिकरणले जनाएको छ । 





  • प्रकाशित मिति : चैत २८, २०७९ मंगलबार १०:५७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया