logo-img

सिन्धुली कार दुर्घटना : मृतक चारै भारतीय नागरिकको सनाखत

सिन्धुलीको कमलामाइ नगरपालिकास्थित बिपी राजमार्गमा भएको भारतीय कार दुर्घटनामा मृत्यु भएका चारजनाकै सनाखत भएको छ । 

प्रहरीका अनुसार मृत्यु हुनेमा भारत बिहारको भगवती स्थान वडा नम्बर ८ मन्डिपुरसाडी समष्टिपुर वारेसनगरका ४२ वर्षीय गबर सिंह, ३६ वर्षीय मनु सिंह, ३३ वर्षीय राकेशकुमार सिंह र ३२ वर्षीय अभिषेक सोनार रहेका छन् । 

अर्का घाइते ४७ वर्षका धर्मेन्द्रकुमार सोनीलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । उनको टाउकोमा गहिरो चोट लागको छ ।  

गएराति गढी गेट नजिकै काठमाडौं आउँदै गरेको बी आर ०६ डिडि ०६८७ नम्बरको कार रोडबाट तल खस्दा तीन जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।

पाँचजना सवार कार सडकबाट ५ सय मिटरभन्दा तल खसेको प्रहरीले जनाएको छ । मृतकको शव घटनास्थलबाट निकालेर पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार ९:५०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया