भुवनविरुद्ध दीपकराजको आक्रोश : बोर्डमा यी आएपछि जताततै लफडैलफडा

कलाकार, निर्माता तथा निर्देशक दीपकराज गिरीले चलचित्र विकास बोर्डले गलत रिपोर्ट सार्वजनिक गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले चलचित्र ‘छक्का पञ्जा ४’ को कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध आक्रोश व्यक्त गरेका हुन् ।

‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडैलफडा छ हाम्रो क्षेत्रमा,’ दीपकराजले फेसबुकमा लेखेका छन् । 

‘छक्का पञ्जा ४’ ले आक्रामक कमाइ गर्दा भुवनका छोरा अनमोल केसी अभिनीत चलचित्र ‘छड्के’ फ्लप भएको थियो ।  





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार ११:९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया