नेपाल टेलिकमले निष्कासन गरेका कर्मचारी धर्नामा

नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै विरोध प्रदर्शन भएको छ । आइतबार दिउँसो टेलिकमको कार्यालयबाहिर निष्कासित कर्मचारीले विरोध प्रदर्शनसहित धर्ना दिएका हुन् । 

उनीहरुले लामो समयसम्म काम गरेका कर्मचारीलाई सरकारी निकायले स्वेच्छारी ढंगबाट हटाएको भन्दै पुनःबहालीको माग गरेका छन् । प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदर्शनकारी भीमबहादुर खड्काले नेपाल टेलिकममा कार्यरत २१७ जना प्राविधिक सहायकहरुलाई टेलिकमले स्वेच्छारी हटाएको र पुनः बहालीको माग गर्दै आन्दोलनमा उत्रिनुपरेको बताए । 

१५ वर्ष लामो समयसम्म टेलिकममा काम गरेका कर्मचारीलाई हटाउनु भनेको उनीहरुको रोजीरोटी खोस्नु रहेको बताउँदै उनले कर्मचारीहरुको पुनः बहाली नगरीकन आन्दोलन बन्द नगर्ने चेतावनी दिए । रोजगारीको ग्यारेन्टीको विषय संविधानको हक भएको उनको दाबी छ ।

उनीहरुले निष्कासित कर्मचारीहरुको पुनःबहाली गर, सबैखाले ठेकदारी प्रथाको अन्त्य गर, स्वेच्छाचारिताको अन्त्य गर, संसारका मजदुर एक हौँलगायत नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले टाउकोमा कालोपट्टीसमेत बाँधेका थिए ।
 





  • प्रकाशित मिति : वैशाख ३, २०८० आइतबार १६:५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया