logo-img

सिंहदरबारको फोहोर नउठाउने बालेनको निर्णयप्रति हर्क साम्पाङको समर्थन

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाको निर्णयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले समर्थन जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सिंहदरबार, प्रधानमन्त्री र राष्ट्रपति निवासको फोहोर नउठाउने काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) को निर्णयप्रति समर्थन जनाएका हुन् । 

‘बालेन जीको निर्णयप्रति मेरो पूर्ण समर्थन छ,’ मेयर साम्पाङले फेसबुकमा लेखेका छन् । यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा दर्ता रिटमा आज सुनुवाइ हुँदैछ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मेयर शाहलाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले सोमबार रिट दायर गरेका थिए । जसको सुनुवाइ मंगलबारका लागि तोकिएको हो । 

आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानूनविपरीत फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्न रिटमा माग गरिएको छ ।
 





  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार १०:८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया