उपनिर्वाचनमा नेसपाले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने

नेपाल समाजवादी पार्टी (नेसपा) ले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएको छ । 

मंगलबार बसेको नेसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले १० वैशाखमा हुने उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । 

चितवन–२ मा जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई समर्थन गर्ने निर्णय गरेको नेसपाका युवा नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

कांग्रेस उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्दै सभापति शेरबहादुर देउवाले नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईलाई पत्राचार गरेका थिए ।





  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार १४:१५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया