logo-img

हेलम्बुको आमा याङरी साङ्दो पालरी गुम्बा दर्शनका लागि खुला

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित तार्केघ्याङ गाउँमा निर्माण गरिएको आमा याङरी साङ्दो पालरी गुम्बा सञ्चालन भएसँगै पर्यटकको भीड लागेको छ ।

हाल गुम्बा निर्माण गरिएको स्थानमा रहेको स्तुपा २०७२ को भूकम्पले क्षतिग्रस्त भएपछि अहिले पुनः निर्माण गरिएको हो । गुम्बा भत्किँदा नियमित पूजापाठलगायतमा असर परिरहेको कुरालाई मध्यनजर गर्दै गुम्बा निर्माण गरिएको गुम्बा निर्माणकर्ता पेमा लामाले बताए ।

उनले करिब ४ वर्ष अघिदेखि उक्त स्थानमा गुम्बा निर्माण कार्य सुरु गरी अहिले सम्पन्न भएकोमा खुसी व्यक्त गरे । अमेरिकाको न्युयोर्कमा बस्दै आएकी पेमा लामाको व्यक्तिगत प्रयासमा गुम्बा निर्माण भएको हो ।  



करिब ५ करोड लगानीमा निर्मित गुम्बा मंगलबारदेखि औपचारिकरूपमा उद्घाटन गरी दर्शनका लागि खुला गरिएको लामाले बताए । हिमाली महायानी परम्पराका बौद्धमार्गीका लागि हेलम्बु एक विशेष धार्मिक क्षेत्रका रूपमा परिचित छ ।

यहाँ गुरु रिन्पोचे लामो समय ध्यान साधना गरेर बसेको धार्मिक विश्वास रहँदै आएको छ । ह्योल्मो जातीको उद्गमस्थल रहेको हेलम्बुस्थित आमा याङरीलाई यहाँको रक्षक देवीका रूपमा मानिन्छ । 

स्थानीयले गुम्बा परिसरमा बाटो र पानीको समस्या रहेकाले सरकारले पानी र बाटोको व्यवस्था गरे पर्यटकलाई सहज हुने माग राखेका छन् । 





  • प्रकाशित मिति : वैशाख ६, २०८० बुधबार १३:४१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया