सांसद सिंहको माग : परिचयपत्र कार्यविधि जारी गर्ने तत्कालीन गृहमन्त्रीलाई कारबाही गर्नुपर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले राष्ट्रिय परिचयपत्र बनाउन विदेशी कम्पनीलाई दिने निर्णयमा संलग्न भएकालाई कारबाही गर्नुपर्ने माग गरेका छन् । 

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेले गलत नियतले राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यविधि जारी गरेकाले कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।  

‘हिजोको सरकारले सात दिनभित्र राष्ट्रिय परिचयपत्र बनाउन विदेशी कम्पनीलाई दियो । तर, यो सरकारले रद्द गरेर अर्को कोसिसमा लागिरहेको छ । यदि हिजोको सरकारले गलत गरेको भए कारबाही गर्नुपर्छ, नाङ्गेझार पार्नुपर्छ,’ सांसद सिंहले भने ।

त्यस्तै, उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेताहरूको मुद्दा कति दिन तामेलीमा राख्ने भन्दै प्रश्नसमेत गरे । 

‘ठूला पार्टीहरूले जे–जे गर्‍यो तीनका नेताहरूलाई तामेलीमा मुद्दा राखेर जाने हो भने यो कति दिन चल्छ ? यही दिनका लागि यो व्यवस्था आएको हो भने मलाई भन्नु केही छैन,’ सांसद सिंहले भने ।





  • प्रकाशित मिति : वैशाख ६, २०८० बुधबार १४:२५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया