म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मन क्लब बायर्न म्युनिखसँग क्वाटरफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेले पनि समग्रमा ४–१ को जितसहित सिटी सेमिफाइनलमा प्रवेश गरेको हो ।

सिटीले पहिलो लेगमा बायर्नलाई ३–० ले हराएको थियो । गएराति एलिएन्ज एरिना म्युनिखमा भएको खेलमा सिटीका लागि एर्लिङ हालान्ड गोल तथा बायर्नका योसुवा किम्मिखले बराबरी गोल गरे । 

पहिलो हाफमा पेनाल्टी चुके पनि हालान्डले ५७ औँ मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । ८३ औँ मिनेटमा योसुवा किम्मिखले पेनाल्टीमा गोल गरे पनि बार्यन अन्तिम ४ मा पुग्न त्यो पर्याप्त भएन ।   

सिटीले अब सेमिफाइनलमा साबिक विजेता स्पेनिस क्लब रियल म्याड्रिडको सामना गर्नेछ । रियलले चेल्सीलाई समग्रमा ४–० ले हराउँदै सेमिफाइनलको यात्रा गरेको थियो । सेमिफाइनल खेल ९ र १६ मेमा हुने तालिका छ ।





  • प्रकाशित मिति : वैशाख ७, २०८० बिहीबार ६:५५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया