logo-img

ओमानविरुद्ध नेपालका दुवै ओपनर शून्यमै आउट

एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’ को खेलमा ओमानविरुद्ध नेपालका ओपनिङ ब्याटर शून्यमै आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा कुशल भुर्तेल र आसिफ शेख शून्य आउट भएका हुन् । कुशललाई बिलाल खान तथा आसिफलाई कलिमुल्लाहले आउट गरे ।  

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४ ओभरमा बिना रन २ विकेट गुमाएको छ । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । ओमानविरुद्ध नेपालले गुलशन झालाई विश्राम दिएर करण केसीलाई मौका दिएको हो । 



नेपालका लागि यो ५० औँ ओडिआई खेल हो । नेपालले पहिलो ओडिआई खेल १ अगस्ट २०१८ मा घरेलु मैदानमा नेदरल्याण्ड्ससँग खेलेको थियो ।  महत्वपूर्ण खेल आफ्नो पक्षमा पार्दै नेपाल लगातार दोस्रो जितको खोजीमा छ ।

पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । ओमान पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । उसले अघिल्लो खेलमा कतारलाई ४० रनले हराएको थियो । 

नेपालले अभ्यास खेलमा ओमानविरुद्ध ५ विकेटको जित निकालेको थियो । शुक्रबार पनि नेपाल ओमानविरुद्ध सोही लय दोहोर्याउन चाहन्छ । 





  • प्रकाशित मिति : वैशाख ८, २०८० शुक्रबार ९:२४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया