उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा

प्रतिनिधि सभा सदस्य उपनिर्वाचन हुने तीन वटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो।

बारा जिल्ला क्षेत्र नम्बर २, चितवन जिल्ला क्षेत्र नम्बर २ र तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा दिइएको छ ।  





  • प्रकाशित मिति : वैशाख ९, २०८० शनिबार १२:३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया