logo-img

प्रचण्ड नेतृत्वको सरकार छिट्टै ढल्ने एमाले सचिव विष्टको दाबी

नेकपा एमालेका सचिव गोकर्ण विष्टले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छिट्टै ढल्ने दाबी गरेका छन् । एमाले भुम्लु गाउँ कमिटीले आयोजना गरेको मिसन ग्रासरुटको समापन गर्दै सचिव विष्टले जनताको अपेक्षा पूरा गर्न नसक्ने म्यादी सरकार ढल्ने दाबी गरेका हुन् । 

सचिव विष्टले नेकपा एमालेलाई कमजोर बनाउन देश भित्र र बाहिर भएको मोर्चाबन्दी सफल नभएको टिप्पणी गरे । एक्लै निर्वाचनमा होमिँदा पनि मतका हिसाबले एमाले पहिलो पार्टी बनेको भन्दै सचिव विष्टले माओवादी र नेपाली कांग्रेस एक्ला–एक्लै निर्वाचनमा होमिएका उनीहरुको हालत खराब हुने बताए । 

गठबन्धनका बाबजुद पनि एमालेले ल्याएको मत परिणाम र सिटका आधारमा पनि माओवादी र कांग्रेस एक्लै निर्वाचनमा जान सक्दैनन् भन्ने पुष्टि भएको उनले बताए । 



मुलुकको अवस्था आर्थिक र राजनीतिक रुपले संकट तर्फ उन्मुख भएको संकेत गर्दै सचिव विष्टले नेपालका बैक र वित्तीय संस्थाबाट लगानी भएको कुल ऋणको करिब ३२ खर्ब रकम २० वटा परिवारमा केन्द्रित भएको बताए । 
 





  • प्रकाशित मिति : वैशाख ९, २०८० शनिबार २०:१६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया