चितवनका प्रजिअ र रवि लामिछानेविरुद्ध कांग्रेसकाे उजुरी

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले उजुरी गरेको छ । 

कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठका तर्फबाट ध्रुव पोखरेलले चितवनका प्रजिअ र रास्वपाका उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी दिएका हुन् । 

कांग्रेसले उजुरीमा निर्वाचन प्रक्रिया सुरु भएपछि लामिछानेले सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट मत मागेको, विभिन्न मतदान केन्द्रमा गएर लामिछानेले हुल हुज्जत गरेको आरोप लगाएकाे छ । 

त्यसैगरी, प्रजिअको निर्देशनमा एकपक्षीय रुपमा लाठी चार्ज गरेर भयभीत बनाएको, नयाँ किरण मावि भोजाडस्थित मतदानस्थलमा असहज स्थिति बनाएको उजुरीमा उल्लेख छ । 





  • प्रकाशित मिति : वैशाख १०, २०८० आइतबार १७:५०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया