तनहुँ १ मा आजै राति १२ बजेदेखि मतगणना

तनहुँ क्षेत्र नम्बर १ मा अहिले मतपेटिका संकलनको काम चलिरहेको छ। सो क्षेत्रमा आजै राति १२ बजेदेखि मतगणना गर्ने तयारी छ। 

जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालका अनुसार राति नै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी छ । मतगणनाका लागि जिल्ला समन्वय समितिको कार्यालयमा दुईवटा कोठा तयार गरिएको छ। 

गणनास्थलमा तारजाली छ भने सिसी टिभी क्यामेरा जोडिएको छ। तनहुँको गणना मंगलबारसम्म सकिने ढकालको भनाइ छ।

यहाँ १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकोमा आइतबार सम्पन्न निर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको छ। 

मतपेटिका संकलन गर्न करिब ५ घण्टा लाग्ने बताइएको छ। 





  • प्रकाशित मिति : वैशाख १०, २०८० आइतबार २२:९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया