logo-img

एसिसी प्रिमियर कप
खराब लयमा आसिफ शेख, कतारविरुद्ध पनि सस्तैमा आउट
फाइल तस्बिर

एसिसी प्रिमियर कपको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा कतारविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेट गुमाउनेक्रममा ओपनिङ ब्याटर आसिफ शेख १९ रनमा आउट भए ।  

उनलाई इक्रामुल्लाह खानले क्याच आउट गराए । जारी प्रतियोगितामा आसिफ लयमा देखिएका छैनन् । उनी पहिलो खेलमा मलेसियाविरुद्ध १ र ओमानविरुद्ध शून्यमै आउट भएका थिए ।

कतारविरुद्ध नेपालले दोस्रो विकेटको रूपमा भीम सार्कीलाई व्यक्तिगत ६ रनमा गुमाउन पुग्यो । उनी खराब सर्ट खेलेर विकेटकिपरको हातबाट क्याच आउट भए । 



भीमलाई पनि गायन मुनवीराले आउट गरे । त्यसअघि उनले दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेललाई २ रनमै पवेलियनको दिशा देखाए ।  जारी प्रतियोगितामा ओपनर भुर्तेल पनि लयमा खासै देखिएका छैनन् । उनी पहिलो खेलमा मलेसियाविरुद्ध ३८ तथा ओमानविरुद्ध शून्यमै आउट भएका थिए । 

नेपालले कतारविरुद्ध पनि टस हारेर ब्याटिङ गरिरहेको हो । यो समाचार तयार पार्दासम्म नेपालले १४ ओभरमा महत्वपूर्ण ३ विकेट गुमाएर ५९ रन बनाएको छ । नेपाल–कतारबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । 

आजको खेलमा नेपालले करण केसीलाई विश्राम दिँदै गुलशन झालाई मौका दिएको हो । अपराजित रहेको नेपाल आज पनि उत्कृष्ट जित निकाल्न चाहन्छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । 



दोस्रो खेलमा ओमानविरुद्ध ८४ रनको जित निकालेको नेपालले वर्षाका कारण साउदी अरेबियासँग भने अंक बाँड्यो । समूह ‘ए’ कै कतारले भने अहिलेसम्म जित हात पार्न सकेको छैन ।  



  • प्रकाशित मिति : वैशाख १४, २०८० बिहीबार १०:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया