कतारविरुद्ध नेपाललाई छैटौँ सफलता, सन्दीपले लिए कप्तानको विकेट
फाइल तस्बिर

एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध नेपालले सानदार बलिङ सुरुवात गरेको छ । नेपाललाई सानदार बलिङ सुरुवात दिलाउनेक्रममा तीव्र गतिका बलर सोमपाल कामी र स्पिनर सन्दीप लामिछाने कतारविरुद्ध हाबी देखिएका छन् ।  

नेपालका लागि छैटौँ तथा व्यक्ति दोस्रो विकेट लिनेक्रममा सन्दीपले १२.४ ओभरमा कप्तान मोहम्मद रिजलानलाई ४ रनमा आउट गरे । सोमपालले टिमलाई पाँचौं सफलता दिलाउनेक्रममा इक्रामुल्लाह खानलाई ५ रनमा आउट गरे । 

भीमको सानदार फिल्डिङको मद्दतमा नेपाललाई पाँचौं सफलता मिल्यो । कतारको चौथो विकेट पनि सोमपाल नै लिए । उनले ९.४ ओभरमा मोहम्मद तनवीरलाई शून्यमै गुमाएको हो ।  

कतारले तेस्रो विकेटको रूपमा ओपनर जहीर इब्राहिमलाई १५ रनमा गुमायो । उनलाई सन्दीपले ८.३ ओभरमा पवेलियनको बाटो देखाए । कतारले दोस्रो विकेट सोमपालले लिए । उनले विकेटकिपर इमल लियानागेलाई ८ रनमा बोल्ड गरेका हुन् । 

नेपाललाई पहिलो सफलता दिलाउनेक्रममा ललितनारायण राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा कतारका ओपनिङ ब्याटर कमरन खानलाई ८ रनमा क्याच आउट गराए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको हो । नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौकासहित अविजित ४२ रन बनाए ।



त्यस्तै, कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, आरिफ शेख र सोमपाल कामीले ११/११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । कतारका लागि अमिर फारुकले ४, क्वेस अहमदले ३, गयान मुनीवराले २ र इक्रामुल्लाह खानले १ विकेट लिए ।  



  • प्रकाशित मिति : वैशाख १४, २०८० बिहीबार १४:४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया