मौलाकालिकामा केबलकार सञ्चालनसँगै बढे पर्यटक
फाइल तस्बिर

पूर्वी नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केबलकार सञ्चालनसँगै धार्मिक पर्यटकको चहलपहल बढेको छ । मौलाकालिका केबलकार वैशाख १ गतेदेखि सञ्चालनमा आइसकेको छ ।

गैंडाकोट–१ स्थित ऐतिहासिक महत्त्व बोकेको धार्मिक स्थल मौलाकालिका केबलकार सञ्चालनसँगै मन्दिरको थप धार्मिक महत्त्व बढ्ने र धार्मिक पर्यटक वृद्धि हुने अपेक्षा मन्दिर व्यवस्थापनले अपेक्षा गरेको छ । नयाँ वर्ष यता विगतको तुलनामा धार्मिक पर्यटकहरूको आगमन वृद्धि भएको मन्दिर व्यवस्थापनको भनाइ छ । 

मौलाकालिका  मन्दिर व्यवस्थापक छवि खनालले मौलाकालिका केबलकार निर्माणले मन्दिरको धार्मिक महत्त्वलाई बढवा दिएको बताए । उनले मौलाकालिका केबलकार सञ्चालनले चितवन, नवलपरासी र तनहुँ मात्रै नभई नजिकका आन्तरिक र विदेशी पर्यटक आवागमनमा समेत वृद्धि हुने अपेक्षा रहेको बताए । 

उनले मौलाकालिका मन्दिरको छुट्टै धार्मिक महत्त्व रहेको भन्दै यसलाई पवित्र स्थल देवघाट धामसँग जोड्न आवश्यक रहेको बताए । उनले केबलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन तथा मनोरञ्जनको लागि आउने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भएको बताए । उनले मौलाकालिका केबलकार मन्दिरको आधार र मन्दिर केबलकारको आधार बनेको भन्दै दुवैको समन्वयमा यो क्षेत्रको विकासमा हातेमालो गर्न आवश्यक रहेको बताए ।्

त्यस्तै,मौलाकालिका मन्दिरका पुजारी नेरेन्द्रप्रसाद भट्टराईले मौलाकालिका मन्दिरको पौराणिक र धार्मिक महत्त्व रहेको बताए । उनले मौलाकालिका केवकार सञ्चालनले मन्दिरको धार्मिक महत्त्वलाई बढाउने विश्वास व्यक्त गरे । उनले नयाँ वर्षबाट केबलकार सञ्चलनमा आएसँगै मौलाकालिका मन्दिर दर्शन गर्ने दर्शनार्थीहरु बढेको बताए ।

होटेलसहितको मौलाकालिका केबलकार झन्डै एक अर्ब ५० करोड रूपैयाँ लागतमा बनेको छ । केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहको छ । 



केवलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ । यसका साथै मौलाकालिका मन्दिर नजिकै अत्याधुनिक रिसोर्ट निर्माणाधीन अवस्थामा छ । मन्दिर नजिक रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण भएको छ । केबलकारको एकतर्फी लम्बाई एक हजार दुई सय मिटर छ । 

यसका लागि छ वटा टावर निर्माण गरिएको छ । केबलकारमा १४ डब्बा (गोन्डला) रहेका छन् । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्दछ ।



 केबलकार सञ्चालनमा आएपछि प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने क्षमता रहेको छ । केवलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो ।  

  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार ११:२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया