logo-img

वीर अस्पतालकी स्टाफ नर्स काठमाडौंको बोहराटारमा मृत फेला

काठमाडौंको बोहराटारमा एकजना स्टाफ नर्स मृत भेटिएकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार काठमाडौं महानगरपालिका–१६ बोहराटारस्थित सुजन ढकालको घरमा अन्दाजी २९ वर्षीया अनुमा श्रेष्ठ मृत भेटिएकी हुन् ।  

मृतक अनुमा घरमा झुन्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । उनी वीर अस्पतालमा कार्यरत थिइन् । सुजन ढकाल भने विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत डाक्टर हुन् ।   

मृतक ढकालको घरमा अनुमा किन र कसरी पुगेकी थिइन् भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ । श्रेष्ठ र ढकालबीचको सम्बन्ध पनि नखुलेको प्रहरीले जनाएको छ ।



पीडितका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले भने उनीहरूबीच प्रेम सम्बन्ध रहेको बताए ।   





  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार १२:२६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया