logo-img

एसिसी प्रिमियर कप
फाइनलमा पनि नेपालको उत्कृष्ट सुरुवात, सोमपालले लिए कप्तानको विकेट

एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा यूएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा तीव्र गतिका बलर सोमपाल कामीले पहिलो विकेट लिए ।

उनले टिमलाई पहिलो सफलता दिलाउनेक्रममा ३.१ ओभरमा यूएईका कप्तान मोहम्मद वसिमलाई ११ रनमा ललितनारायण राजवंशीको हातबाट क्याच गराए । फाइनल खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । 

नेपालले आज दीपेन्द्र सिंह ऐरीलाई विश्राम दिँदै युवा अलराउन्डर गुलशन झालाई मौका दिएको हो । गुलशनले अघिल्लो महिना आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जित दिलाएका थिए ।



यता दीपेन्द्र भने टोलीमा रहेर पनि पहिलोपटक प्लेइङ–११ को हिस्सा बन्न सकेनन् । पछिल्लो समय लयमा नरहेकाले पनि उनले फाइनलमा स्थान बनाउन नसकेका हुन् । ऐरीले जारी प्रतियोगिताको कुनै पनि खेलमा ठूलो पारी खेल्न सकेनन् ।  
 
जारी प्रतियोगिताको सेमिफाइनलमा पनि वर्षा बाधक बनेको थियो । सेमिफाइनलमा नेपालले कुवेत तथा यूएईले ओमानसँग खेलेका थिए । पानी नरोकिएपछि नेपाल र कुवेतबीचको खेल रद्द हुँदा यूएईले ओमानलाई डकवर्थ लुइस प्रणालीको आधारमा २ रनले हराएको थियो । 

कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भए पनि नेपालले समूह विजेताको रूपमा फाइनलको यात्रा गर्‍यो । जारी प्रतियोगितामा अपराजित रहेको नेपालले समूह चरणको चारमध्ये ३ मा जित र एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो ।  

नेपाल फाइनलमा पनि घरेलु मैदान र उच्च लयको फाइदा उठाउँदै यूएईलाई हराउन चाहन्छ । यूएईले समूह चरणमा चारमध्ये ३ मा जित र एक खेलमा हार बेहोरेको थियो । ऊ घरेलु टोली नेपाललाई स्तब्ध पार्दै एसिया कपको यात्रा गर्ने सोचमा छ ।    
 





  • प्रकाशित मिति : वैशाख १८, २०८० साेमबार ९:१९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया