logo-img

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन् । 

उनको पक्षमा ५३ मत र विपक्षमा २९ मत खस्यो । कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलाई माओवादी, नागरिक उन्मुक्तिलगायतका ८ दलले पक्षमा मत दिए । एमाले सांसदले भने मत दिएनन् । 

११ वैशाखमा एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी गत १४ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।  



लुम्बिनीमा १० दलका ८७ जना प्रदेशसभा सदस्य रहेका छन् । 





  • प्रकाशित मिति : वैशाख १९, २०८० मंगलबार १३:३८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया