मेस्सी पिएसजीको निलम्बनमा

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फरवार्ड लियोनल मेस्सीलाई दुई सातासम्मका लागि निलम्बन गरेको छ । अनुमतिबिना साउदी अरबको भ्रमण गरेपछि पिएसजीले उनलाई दुई साता निलम्बन गरेको हो । 

निलम्बन अवधिमा मेस्सीले पिएसजीको प्रशिक्षण र खेलमा सहभागी हुन पाउने छैनन् । क्लबले उनलाई जरिवानासमेत गरेको छ । मेस्सी साउदी अरेबियाको पर्यटन राजदूतको भूमिकामा रहेका छन् ।

उनले व्यावसायिक कामका लागि क्लबसँग यात्रा गर्न अनुमति मागेका थिए । तर, क्लबले अस्वीकार गरेको बताइएको छ । पिएसजीसँगको मेस्सीको दुई वर्षको सम्झौता यही समरमा सकिँदैछ । 

उनले हालसम्म पिएसजीका लागि ७१ खेलमा ३१ गोल गरेका छन् । 





  • प्रकाशित मिति : वैशाख २०, २०८० बुधबार १०:११:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया