logo-img

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी

पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा टोबहादुर र उनका छोरा सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।  

टोपबहादुर गत वर्षको ४ मंसिरमा भएको निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । 



बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।  

मंगलबार मात्र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्‍द्रजित राई पक्राउ परेका थिए । यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको हो । 

यो प्रकरणमा उनका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । यद्यपि उनी पक्राउ परिसकेका छैनन् । प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ ।  





  • प्रकाशित मिति : वैशाख २०, २०८० बुधबार १४:२०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया