logo-img

‘कोरोना संक्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगरौँ’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसले फोक्सोलाई क्षति पुर्याउने र सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकाले सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरिएको बताए । 'कोरोना भाइरसले फोक्सोलाई क्षति पुर्याउँछ । सुर्तीजन्य पदार्थको सेवन गर्नेको फोक्सो पहिले नै समस्या भइसकेको हुन्छ,' उनले भने, 'त्यसैले कोरोना भाइरसबाट बच्नका लागि सुर्तीजन्य पदार्थको सेवन गर्नुहुँदैन ।'

धूम्रपानले फोक्सोको क्यान्सर निम्त्याउने सम्भावना २२ गुणाले बढाउने मन्त्रालयले जनाएको छ । सुर्तीजन्य पदार्थको सेवनले शरीरको रोगप्रतिरोधात्मक शक्तिलाई असर गर्ने र त्यसले संक्रमण हुने सम्भावना बढाउने मन्त्रालयले जनाएको छ । 



सुर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औँलाले छुनुपर्ने हुँदा कोरोना संक्रमण सजिलै सर्ने सम्भावना बढी हुने सहप्रवक्ता डा. अधिकारीले बताए । 'सुर्तीजन्य पदार्थ एकापसमा साटासाट गरी सेवन गर्ने क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्ने सम्भावना बढी हुन्छ,' उनले जारी गरेकाे सूचनामा भनिएको छ, 'एउटै हुक्का, चिलिम प्रयोग गरी पालैपालो सेवन गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिन सक्छ ।'





  • प्रकाशित मिति : वैशाख २०, २०८० बुधबार १८:४२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया