logo-img

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी सम्पर्कबाहिर, छोरा सन्दीप पक्राउ

पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई बुधबार प्रहरीले बुटवलमा पक्राउ गरेको हो । 

बुधबार जिल्ला अदालत काठमाडौंले सन्दीपसहित बुवा टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यस प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुरलाई पनि प्रहरीले खोजिरहेको जनाएको छ । उनी बुधबार अर्घाखाँचीको एउटा कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी थिए । 

सोही कार्यक्रममा सभामुख देवराज घिमिरे पनि अतिथि थिए । अदालतले पक्राउ पुर्जी काटेका रायमाझी अहिले  प्रहरीको समपर्कमा​ नरहेको स्रोतले बताएको छ । 



नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोप लागेका टोपबहादुरका छोरा सन्दीपका नाममा गिरोहले काटेको डेढ करोडको चेक प्रहरीले बरामद गरिसकेको छ ।

उक्त प्रकरणमा गएको १२ चैतमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ परिसकेका छन् ।

उनीकै बयानका आधारमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरिसकेको छ ।



बुधबारै अदालतले बादलका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरीले टोपबहादुर र प्रतीकबाहेक यस प्रकरण मुछिएका अन्य सबैलाई पक्राउ गरिसकेको छ । 



  • प्रकाशित मिति : वैशाख २०, २०८० बुधबार २२:४८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया