भारतले महोत्तरीका विपन्न परिवारलाई ग्यास सिलिण्डर र चुल्हो दिने

भारत सरकारले महोत्तरी जिल्लाका विपन्न परिवारलाई ग्याँस चुल्हो र ग्यास सिलिण्डर उपलब्ध गराउने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी भारतीय राजदूतावासले सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउण्डेसनमार्फत सहयोग उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर गरेको हो । 

समझदारीपत्रमा दाउरा, कोइला, गुँइठाजस्ता परम्परागत इन्धनमा निर्भर रहेकाहरुलाई जीविकोपार्जनमा सजिलो बनाउन ग्याँस चुल्हो र ग्याँस सिलिण्डर वितरण गर्न लागिएको बताएको छ । भारत सरकारले करिब पाँच करोड अनुदान सहयोगमा महोत्तरी जिल्लाको पाँचवटा नगरपालिकाका झन्डै आठ हजार विपन्न तथा सीमान्तकृत परिवारलाई ग्याँस चुल्हो र ग्यास सिलिण्डर दिन लागेको हो । 

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत उपलब्ध गराइएको सहयोग भारत सरकारले चलाइरहेको ‘प्रधानमन्त्री उज्ज्वला योजना’जस्तै कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले बताएको छ ।
 





  • प्रकाशित मिति : वैशाख २१, २०८० बिहीबार १८:३९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया