logo-img

वाईवाई चाउचाउ गुणस्तरहीन, चौधरी ग्रुपलाई दुई लाख जरिवाना

बच्चादेखि वृद्धसम्मले मीठो मानीमानी खाने गरेको वाईवाई चाउचाउ कम गुणस्तरको भेटिएको छ । वाईवाई ब्रान्डको चाउचाउ कम गुणस्तरको भेटिएपछि काठमाडौं महानगरपालिकाअन्तर्गतको कृषि तथा पशुपन्छी विभागले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । 

बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो । 



महानगरपालिकाले कपन सरस्वती नगरको एक किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरी १५० ग्राम नमुना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो । २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने ती चाउचाउ प्रयोगशालामा परीक्षणपछि न्यून गुणस्तरको प्रमाणित भएको हो ।

प्रयोगशालामा ७ गते नमुनाका लागि पठाइएकामा त्यसको रिपोर्ट ११ गते प्राप्त भएको हो । यसरी पठाइएको नमुनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । अब कम्पनीले सात दिनभित्र दुई लाख जरिवाना बुझाउनुपर्नेछ । 



चाउचाउमा एसिड भ्यालु १ भन्दा बढी हुनुहुँदैन । तर, प्रयोगशालाको रिपोर्टअनुसार उक्त वाइवाईमा एसिड भ्यालु १३.९३४ देखिएको छ । तेलको गुणस्तर नभएका कारण चाउचाउमा एसिड भ्यालु धेरै भएको हो । यसको निरन्तर प्रयोगले क्यान्सरजस्त प्रणघातक रोग लाग्न सक्छ । 



  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार २२:३१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया