logo-img

हेलिकोप्टर दुर्घटनामा परेका तीन जना घाइतेलाई काठमाडौं ल्याइयो

संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेनसहित तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

आज दुर्घटनामा परेको हेलिकोप्टरका क्याप्टेन र अन्य दुई जना गम्भीर घाइते भएका छन् । हेलिकोप्टरमा रहेका अन्य दुई जनाको भने खाँदबारीमै उपचार भइरहेको छ ।  

क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका थिए । गम्भीर घाइतेलाई सेनाको उद्धार टोलीले उपचारका लागि काठमाडौं ल्याएको हो । 



माथिल्लो अरुण हाइड्रो पावरका सामान लिएर गएको हेलिकोप्टर भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा दुर्घटनामा परेको थियो ।  





  • प्रकाशित मिति : वैशाख २२, २०८० शुक्रबार १५:५०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया