logo-img

जनकपुरधाममा पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु

जनकपुरधाममा पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अंसारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहमद अल्कामा अंसारी र मोहमद अब्दुल अंसारी रहेका छन् । 

शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नम्बर–२४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ​बेदप्रसाद गौतमले जानकारी दिए । 

बालकहरू पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ जिरोमाईलस्थित प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पोखरीबाट निकालेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा लगेको थियो । 



चिकित्सकले जाँच गरिरहेको क्रममा राति ८ बजे दुवै बालकको मृत्यु भएको डीएसपी गनैतमले बताए । मृतक बालकद्वयको शव अस्पतालमै रहेको घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख २३, २०८० शनिबार २२:१२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया