भारतको केरलामा पर्यटक चढेको डुंगा दुर्घटना, २१ जनाको मृत्यु

भारतको केरलामा पर्यटक सवार डुंगा दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको हो । 

सो डुंगामा ४० जना सवार थिए । मृत्यु हुनेमा धेरैजसो बालबालिका रहेका छन् । केरला राज्यका एकजना मन्त्री वी अब्दुराहमानका अनुसार छुट्टीमा घुम्न आएका दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको छ । 

दुर्घटनास्थलमा आज बिहानसम्म पनि खोज तथा उद्धार कार्य जारी छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।  





  • प्रकाशित मिति : वैशाख २५, २०८० साेमबार ६:४१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया