फ्रेन्च लिग वानमा पिएसजीको सानदार जित

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित जिकालेको छ । गएराति सम्पन्न खेलमा पिएसजीले घरेलु टोली ट्रोएसविरुद्ध ३–१ को जित निकालेको हो ।

पिएसजीको जितमा केलियन एमबाप्पे, भिटिन्हा र फावियन रुइजले समान एक गोल गरे । ​ट्रोएसका लागि जेभियर चाभालेरिनले एक गोल फर्काए ।

पिएसजीले खेलको आठौँ मिनेटमा एमबाप्पेको गोलबाट अग्रता पाएको थियो । उनले हेडरमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । ५९ औँ मिनेटमा भिटिन्हाले गोल गर्दा पिएसजी २–० ले अघि बढ्यो ।   

८३ औँ मिनेटमा जेभियरले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । तर, त्यसको ३ मिनेटपछि फावियनले गोल गर्दै पिएसजीलाई ३–१ उत्कृष्ट जित दिलाए ।

यो जितपछि पिएसजीले उपाधि जित्ने सम्भावना बढाएको छ । उसले ३४ खेलबाट ७८ अंक जोडेको छ । शीर्ष स्थानको पिएसजीलाई ६ अंकको अग्रता छ । अब उसले ४ खेल खेल्न बाँकी छ । 

दोस्रो स्थानको लेन्सको ७२ अंक छ । पराजित ट्रोएस ३४ खेलबाट २२ अंकका साथ १९ औँ स्थानमा छ ।





  • प्रकाशित मिति : वैशाख २५, २०८० साेमबार ७:२२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया