नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कुनै हालतमा उन्मुक्ति दिन हुँदैन : ठाकुर गैरे

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले शरणार्थी प्रकरणमा संलग्न सबैलाई कडा कारबाहीको माग गरे ।  

‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौं असुल गर्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो । यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्रै नभएर यो राष्ट्रघात हो । देशद्रोही काम हो । त्यसकारणले यस्तो काममा संलग्न मानिसहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनु पर्दछ,’ गैरीले भने । 

उनले सो प्रकरणमा संलग्न सांसद सदनमा बोलिरहेको उल्लेख गर्दै उनीहरूलाई किन पक्राउ नगरिएको भन्दै सरकारलाई प्रश्नसमेत गरे । गैरेले पक्राउ पुर्जी जारी गरिएका, सो प्रकरणमा आशंका गरिएकामाथि छिटो छानबिन गरी कारबाहीको प्रक्रियामा ल्याउन सरकारलाई आग्रह गरे ।  

‘हामीले सुनिरहेका छौँ कि विभिन्न समाचारमाध्यमहरूमा केही व्यक्तिहरू पक्राउ परेका छन । केही सांसदहरूलाई वारेन्ट गरिएको छ । भागी राख्नुभएको छ । केही सांसद जो नोटिसमा हुनुहुन्छ । उहाँ सदनमै हुनुहुन्छ । सदनमा बोलिराख्नु भएको छ । यो के भएको हो ? म यो सदनमार्फत, सभामुखमार्फत सरकारलाई यो विषयमा जाँचबुझ के भइरहेको छ ? छानबिन के भइरहेको छ ? यसमा संलग्न को हुन् ? यसमा सरकारले के गरिरहेको छ ?,’ गैरले प्रश्न गरे ।





  • प्रकाशित मिति : वैशाख २६, २०८० मंगलबार १३:२५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया