logo-img

नक्कली भुटानी शरणार्थी मुद्दामा प्रहरीलाई दबाब दिनु देशप्रतिको गद्दारी हो : नेता रावल

नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी भएको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले पछिल्लो समय भुटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको बताए । मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिँदै उनले भने, ‘गृहमन्त्री, उपप्रधानमन्त्रीहरु नै यस्ता धन्दामा लाग्ने हो भने देश विकास कसरी हुन्छ ?’ 

नक्कली भुटानी शरणार्थी प्रकरण ठगी मात्रै नभई मानव बेचबिखन र राष्ट्रविरोधी कुकृत्य भएको उनको भनाइ छ । नक्कली भुटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउन प्रहरीलाई दबाब दिने काम भइरहेको भन्दै नेता रावलले अपराधलाई लुकाउनु देशका लागि ठूलो गद्दारी भएको बताए । 

नेता रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकलाई सत्य कुराको खण्डनमा उत्रिन चुनौती दिनुभयो । सभापति लामिछानेले गृहमन्त्री रहँदा निजी कम्पनीलाई सम्पूर्ण विवरण हेर्ने अधिकार दिएकोमा विरोध गर्दै उनले दुईवटा देशको नागरिकता र राहदानी भएको व्यक्ति कसरी गृहमन्त्री बनेको हो ? भन्दै प्रश्न गरे । 

‘अहिले राष्ट्रिय परिचयपत्रको कुरा आयो, रवि लामिछानेको कुरा उठाएपछि गाली गर्ने उहाँका समर्थक हुन् कि विरोधी हुन् मलाई थाहा छैन,’ नेता रावलले भने, ‘सत्य कुराको खण्डन गरौँ न तागत छ भने ।’ 





  • प्रकाशित मिति : वैशाख २६, २०८० मंगलबार १९:९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया