logo-img

यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर, पीडितलाई ५० लाख डलर क्षतिपूर्ति दिन आदेश

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याएको हो ।

अदालतको फैसलाअनुसार अब ट्रम्पले पीडितलाई क्षतिपूर्तिवाफत ५० लाख डलर दिनुपर्नेछ । एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साथै, उनले आफ्नो मानहानीसमेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् । सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको हो । 

ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्याएको छैन ।



यो फैसलासँगै आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा झड्का लागेको छ । उनले भने अदालतको फैसला अपमानजनक भएको प्रतिक्रिया दिएका छन् ।  उनले ती महिलालाई आफूले नचिन्नेसमेत दाबी गरेका छन् ।  





  • प्रकाशित मिति : वैशाख २७, २०८० बुधबार ६:४१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया