logo-img

स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीको जवाफ : शल्यक्रिया गर्दा अर्थतन्त्र थप बिग्रिन्छ

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालू पुँजी खर्च गर्ने कुराको अन्त्य गर्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले वर्षको नौ महिनासम्म पुँजी खर्च नगर्ने र अन्तिम तीन महिनामा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्ने बताए । उनले अर्थतन्त्रमा रहेका वर्तमान समस्या समाधान गर्न सके विदेशी लगानी बिस्तार हुने भन्दै विदेशी लगानीहरू पनि निश्चित क्षेत्रमा मात्रै कार्यान्वयन गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताए । उनले वैदेशिक लगानीका सीमाहरू फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले अर्थतन्त्रलाई चलायमान नबनाइ वैदेशिक सहायता नआउने बताए । उनले नेपालमा लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए । 

उनले भने, ‘अन्तिम त्रैमासिकमा खर्च गर्ने र नौ महिनासम्म सुतेर बस्ने कुरा अब हुँदैनन् । त्यसलाई हामी अब एक किसिमबाट समाधान गर्छौँ । त्यो भयो भने विदेशी सहयोग बिस्तार गर्ने ठाउँ रहन्छ । विदेशी सहयोग पनि निश्चित क्षेत्रमा जहाँ धेरै ठूलो माग छ, आयोजना कार्यान्वयनहरू जहाँ माग छ, उनीहरूको निश्चित क्षेत्रमा उनीहरूले खर्च गर्नेछन् । ती सीमाहरूका कारण हाम्रो राजश्व फराकिलो बनाउनुपर्ने आवश्यकता छ । फराकिलो भनेको कागती निचोरेझैँ निचोरेर त हुँदैन, त्यस कारण अर्थतन्त्रलाई नै चलायमान बनाउनु पर्छ । त्यसको आधारलाई फराकिलो बनाउनुपर्छ । फराकिलो बनाउन लगानीमैत्री वातावरण बनाउनुपर्छ । लगानी गर्नुहोस्, नियम छ, कानुन छ, नियम, कानुन पालना गरेर तपाईँले उत्पादन, उद्योग व्यवसाय बढाउनु भयो की भएन भन्ने कुरा हामी हेर्नेछौँ ।’



अर्थमन्त्री महतले आफ्नो पूरा कोसिस लगानीका वातावरण सिर्जना गर्नका लागि रहेका व्यवधानहरू खोल्नु रहेको बताए । उनले संसदमा अहिले अर्थतन्त्रको पूरा शल्यक्रिया गर्नुपर्ने माग उठिरहेको भन्दै सबै ठाउँमा सर्जरी एकै पटक गर्दा अप्ठ्यारो हुने बताए । संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको सम्पूर्ण शल्यक्रिया गर्नुपर्ने बताए । सोही विषयको जवाफमा अर्थमन्त्री महतले अर्थतन्त्रको शल्यक्रिया एकै पटक गर्दा अर्थतन्त्रको समस्या समाधान गर्न नसकिने बताए । 

उनले भने, ‘मेरो सम्पूर्ण कोसिस जहाँ अप्ठ्यारा छन् ती अप्ठ्याराहरूलाई खोल्ने नै हो । तर आज नै संसदमा पनि सर्जरी नै गर्नुपर्छ भन्ने आवाज उठ्यो, धेरै ठाउँमा समस्या देखिएपछि सबै ठाउँमा एकै पटक सर्जरी गर्न खोज्यो भने पनि समस्या आउँछ । सुरुवात गरौँ तर समस्यालाई निराकरण गर्दै जाऊँ, रोड म्याप बनाएर अघि बढौँ ।’

अर्थमन्त्री महतले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै अर्थतन्त्रको रोड म्याप बनाएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताए । 
 





  • प्रकाशित मिति : वैशाख २७, २०८० बुधबार ११:३७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया