logo-img

नक्कली भुटानी शरणार्थी प्रकरण निकृष्ट अपराध : डा. भट्टराई

नेपाल समाजवादी पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म नेपाल सरकारले र मुख्यतः प्रहरी प्रशासनले देखाएकाे तदारुकता र अनुसन्धान प्रक्रिया अघि बढाउने कदमको स्वागत गरेको छ ।

पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निकृष्ट अपराधको संज्ञा दिएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले यस्ताे बताएका हुन् । 

उनले भनेका छन्, ‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेशमा मानवतस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरुले नै निजी लाभका निम्ति राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध हो ।’



यस्तो अपराधको जति भर्त्सना गरे पनि थोरै हुने उल्लेख गर्दै उनले भने, ‘चौतर्फी भ्रष्टाचार, अनियमितता, राज्यशक्तिको दुरुपयोग, सार्वजनिक सम्पतिको दोहन, कमिशनखोरी आदि विकृति आज हाम्रो देश नेपालको अति गम्भीर समस्या बनेको छ ।’

दृश्य र अदृश्य भ्रष्टाचार र अनियमितताका अनगिन्ती प्रकरणले आमनागरिकमा समेत राज्य, राजनीतिक दल र नेताप्रति गम्भीर अविश्वास, आक्रोश र विद्रोहभाव बढ्दै गइरहेकोमा उनले चिन्ता व्यक्त गरेका छन् । 





  • प्रकाशित मिति : वैशाख २८, २०८० बिहीबार १७:२७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया