गाँजा खाने विषयमा विवाद हुँदा एक युवकको मृत्यु, चारजना पक्राउ

धनुषामा गाँजा खाने विषयमा विवाद हुँदा एक युवकको मृत्यु भएको घटना सार्वजनिक भएको छ । 

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २४ वर्षीय मो. गुलाम मंसुर भन्ने रवानी मंसुर रहेको प्रहरीले जनाएको छ । 

मंसुर मंगलबार राति १ बजे छतबाट लडेर घाइते भएका थिए । उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउँदा उपचारको क्रममा बुधबार बिहान ११ बजे मृत्यु भएको थियो ।
 
प्रहरी अनुसन्धानको क्रममा घटना शंकास्पद देखेपछि मृतकका चारजना साथीलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका चारमध्ये दुईजनालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । 

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियाउल राईन, वडा नम्बर–८ बस्ने ३१ वर्षीय राजकुमार साह र नगराईन नगरपालिका–२ बस्ने २१ वर्षीय जितेन्द्र कुमार मण्डल रहेका छन् । 

धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले मृतक र पक्राउ परेका व्यक्तिहरु मंगलबार धनुषाको जटही नाकाबाट लागूऔषध सेवन गरेर आएको जानकारी दिए । 

मंगलबार राति १ बजे जनकपुरधाम–२३ लादोमा चुरोट किनेर सोही स्थानमा रहेको निर्माणाधीन पक्की घरको दोस्रो तल्लामा चढेर उनीहरुले चुरोटमा गाँजा मिलाएर सेवन गरेका थिए । अन्त्यमा चुरोट तान्ने विषयमा विवाद हुँदा मन्सुर छतबाट लडेका थिए ।  



उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
 



  • प्रकाशित मिति : वैशाख २८, २०८० बिहीबार १७:५३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया