logo-img

सरकारले जेठ ५ मा नीति तथा कार्यक्रम ल्याउने

सरकारले आर्थिक वर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी गरेकाे छ । राष्ट्रपति रामचन्द्र पाैडेलले संसद्‍मा नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।

जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको उनले बताए । संविधानकाे धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बाेधन गरी राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ ।







  • प्रकाशित मिति : वैशाख ३१, २०८० आइतबार १६:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया